+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

‘संवेदनशील पदमा अमर्यादित भाषा अशोभनीय’: एनआरएनए कोरिया अध्यक्ष बुद्धि गुरुङको प्रतिक्रिया

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, २६ चैत – गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले आफूमाथि सार्वजनिक कार्यक्रममा प्रयोग गरिएको आपत्तिजनक भाषाको कडा भर्त्सना गरेका छन्। उनले यस्तो अभिव्यक्ति न केवल व्यक्तिगत अपमान, तर प्रवासी नेपाली समाजको गरिमा विरुद्धको आक्रमण भएको बताएका छन्।

नेपाल सरकारका राज्यमन्त्री अरुण कुमार चौधरी, एनआरएनएका पूर्व अध्यक्ष शेष घले, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाली राजदूत र गुरुङलाई लक्षित गर्दै गरिएको अमर्यादित टिप्पणीप्रति सामाजिक सञ्जालमार्फत उनले गम्भीर असन्तोष व्यक्त गरेका हुन्।

गुरुङको भनाइमा, “संवेदनशील पदमा बसेर अभद्र भाषा प्रयोग गर्नु न त सभ्य समाजको परिचायक हो, न त आपसी एकताको द्योतक।” उनले यस्ता गैरजिम्मेवार व्यवहारलाई तुरुन्त सच्याउन र सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्दै अन्यथा कानुनी प्रक्रिया अवलम्बन गर्ने चेतावनी दिएका छन्।

यता, उनले हालै सम्पन्न एनआरएनए कोरियाको ९ औं महाधिवेशनमा पनि ‘एकता’ को नाममा गरिएको स्वघोषित अध्यक्षता र चरित्र हत्या अभियानलाई योजनाबद्ध विभाजनको हिस्सा भनेका छन्।

“मैले कहिल्यै व्यक्तिगत हिसाबकिताबका लागि संस्था प्रयोग गरेको छैन,” गुरुङले भने, “तर कोही व्यक्तिगत र संस्थागत सीमाना नाघ्दै गए भने म चुप बस्न सक्दिन।”

अन्त्यमा, उनले कोरियामा रहेका सम्पूर्ण नेपालीलाई शान्ति, सद्भाव र सहकार्यको बाटो रोज्न आग्रह गर्दै एनआरएनएलाई विवाद होइन, विकासको माध्यम बनाउने अठोट व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ