काठमाडौँ- आजको दिन कुन राशिका लागि शुभ छ ? कुन राशिलाई विशेष सावधानी अपनाउनुपर्छ ? ग्रह-नक्षत्रको स्थिति के भन्छ ? हेर्नुहोस्, तपाईंकै राशिफल !
♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पुराना साथीहरूसँग भेटघाटको अवसर मिल्नेछ । भावनात्मक सन्तुलन आवश्यक छ, अत्यधिक जोशले हानि पुर्याउन सक्छ । मेहनत गर्दा भविष्यमा राम्रो अवसर प्राप्त हुनेछ ।
♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अविश्वास बढ्ने सम्भावना छ, पारिवारिक तनाव हुनसक्छ । निर्णय लिनुअघि राम्ररी सोचविचार गर्नुहोस । धैर्य र संयम अपनाउँदा राम्रो हुनेछ ।
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कारोबारमा सुधार आउनेछ । मिहिनेत अनुसार प्रतिफल मिल्नेछ । पारिवारिक वातावरण सकारात्मक रहन्छ । ज्ञानमा अभिवृद्धि हुने दिन छ ।
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोल्ने शैली सुधार्नुहोस्, हतारमा प्रतिक्रिया नदिनुहोस् । धनको आगमन भए पनि खर्चमा वृद्धि हुनसक्छ । आफन्तहरूसँग आत्मीयता बढ्नेछ ।
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रुहरूको सक्रियता बढ्न सक्छ, सचेत रहनुहोस् । व्यवस्थित योजनाबद्ध तरिकाले काम गर्दा सफलता मिल्नेछ । मनको स्थिरता आवश्यक छ ।
♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खाद्य पदार्थ वा तरल वस्तुहरूको कारोबार गर्नेहरूलाई फाइदा हुनेछ । खर्च बढ्न सक्छ, नयाँ योजनामा लगानी नगर्नुहोस् ।
♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम थालनीका लागि राम्रो समय छ । आम्दानीका स्रोत बढ्नेछन् । दृढ निश्चयका साथ अघि बढेमा सफलता मिल्नेछ ।
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरायसी तनाव हुनसक्छ, तर भाग्य बलियो रहनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । वरिष्ठहरूको आशीर्वाद प्राप्त हुनेछ ।
♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भाग्यमा वृद्धि हुने संकेत छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । शान्त वातावरणमा ध्यान केन्द्रित गर्दा लाभ मिल्नेछ ।
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा निराशा बढ्न सक्छ, तर संयम अपनाउनुहोस् । अनुभवको सही उपयोग गर्न सकियो भने सफलता मिल्नेछ ।
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
इच्छाअनुसार समय बिताउने अवसर मिल्नेछ । परिवारमा सन्तुलित व्यवहार आवश्यक छ । खर्चमा नियन्त्रण राख्नुहोस ।
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सकारात्मक सोच राख्नुहोस्, मनोबल उच्च रहनेछ । विवादमा विजय प्राप्त हुनेछ । व्यक्तिगत साख र प्रतिष्ठा बढ्नेछ ।