काठमाडौं, २० चैत । रौतहटकाे गाैराबाट काठमाडाैं जाँदै गरेको जिप मक्कवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित बतासेमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्, जसमा ३ जनाको अवस्था गम्भीर छ। बुधबार दिउँसो भीमफेदी-कुलेखानी-सिस्नेरी सडक खण्डमा भएको दुर्घटनामा जिपको ब्रेक फेल भएपछि जिप करिब १०० मिटर तल खस्न पुगेको थियो। मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार, ३ जना यात्रु गम्भीर घाइते भएका छन् भने १ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य छ। घाइतेहरूको उपचारका लागि काठमाडाैं पठाइएको छ र उनीहरूको पहिचान खुल्न बाँकी छ।