+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

तीनकुने घटनामा संलग्न थप १८ जना नियन्त्रणमा, राज्यविरुद्धको कसुरमा कारबाही प्रक्रिया अघि बढ्दै

जनवाच
२ हप्ता अगाडी

काठमाडौं – तीनकुने क्षेत्रमा बिना अनुमति गरिएको प्रदर्शन हिंसात्मक बन्दा राज्यविरुद्धको कसुर, तोडफोड, आगजनी र आपराधिक उपद्रव जस्ता अभियोगमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ।

२०८१ चैत १९ गते, दुर्गा प्रसाईँ नेतृत्वमा गरिएको प्रदर्शन क्रममा सुरक्षाकर्मीहरूलाई उच्छृंखल व्यवहार देखाउने, संसद भवन तोडफोड गर्ने प्रयास गर्ने तथा सम्पत्ति ध्वस्त पार्ने कार्य भएका थिए। सुरक्षाकर्मीको आग्रहलाई अटेर गर्दै प्रदर्शनकारीले सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्‍याएका थिए।

प्रहरीका अनुसार, पक्राउ परेकाहरूलाई राज्यविरुद्धको कसुर तथा संगठित अपराध अन्तर्गत कारबाही अघि बढाइँदै छ। तीन दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ