+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

ओम मेगाश्रीको आईपीओ बाँडफाँट सम्पन्न : लाखौं लगानीकर्ताको हात रित्तो

जनवाच
१ महिना अगाडी

काठमाडौं, १२ चैत – औषधि उत्पादन कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत बाँडफाँट प्रक्रिया सम्पन्न गरेको हो।

फागुन २७ देखि चैत ३ गतेसम्म खुला गरिएको आईपीओमा १८ लाख ४८ हजार २९८ जना योग्य आवेदकहरू सहभागी भएका थिए। तर, भाग्यशाली १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताका दरले शेयर पाएका छन्, जबकि १७ लाखभन्दा बढीको हात रित्तो परेको छ।

ओम मेगाश्री फर्मास्युटिकल्सले विभिन्न एलोपेथिक औषधिहरू उत्पादन गर्दै आएको छ। तर, हाल कम्पनीको वित्तीय स्थिति त्यति आकर्षक छैन। पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, चालु आर्थिक वर्षसम्म कम्पनीको प्रति शेयर आम्दानी (EPS) मात्र ९८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ। कम्पनीले चालु आर्थिक वर्षमा पनि नोक्सानी कायमै रहने अनुमान गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ