+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब पुरानो कारको फाइनान्स गर्दै तपाइको बजार

जनवाच
७ महिना अगाडी

नयाँ कार तथा मोटरसाइकलको फाइनान्स गर्ने चलन त बजारमा पहिले देखि नै छ । तर पुरानो कारको फाइनान्स गर्न भने खासै सजिलो छैन ।
तर अब तपाइको बजार डट कमले सजिलै सँग पुराना कारहरुको पनि फाइनान्स गर्ने भएको छ ।

तपाइको बजार डट कमले बिगत २ बर्ष देखि नयाँ तथा पुराना मोटरसाइकल तथा स्कुटरको फाइनान्स गर्दै आइरहेको छ । २ बर्षको सफल अभ्यास पछि अब देखि पुराना कारहरुमा पनि फाइनान्स गरिने उक्त कम्पनीका प्रबन्ध निर्देशक शुसिल सँग्रौलाले बताउनुभयो ।

कारको अवस्था र ग्राहकको कागजात अनुसार करिब ५० प्रतिशत जति डाउनपेमेन्ट गरेपछि पुराना कारहरुमा फाइनान्स सुविधा पाइनेछ । २०१५ माडेल देखि पछिका कारहरुमा यस्तो सुविधा पाइने निर्देशक सँग्रौलाले जानकारी दिनुभयो ।

फाइनान्सका लागि ग्राहकको आम्दानी स्रोतको कागजात भएपछि सजिलै फाइनान्स गर्न सकिने प्रावधान रहेको छ । कसैको ग्यारेन्टी बिना नै फाइनान्स गर्न सकिने छ ।

ग्राहकको आम्दानीको हकमा कुनै पनि सरकारी वा नीजि सँस्थामा काम गरेको अथवा कुनै व्यवसाय सँचालन गरेको अथवा घरभाडाको आधारमा पनि फाइनान्स गर्न सकिने निर्देशक सँग्रौलाले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ