साफ यू-१९ च्याम्पियनसिप: नेपाल र भारतबीच समूह चरणमै प्रतिस्पर्धा
जनवाच
२०८१ फागुन २८, बुधबार (१ महिना अगाडी )
280
Shares
जनवाच
१ महिना अगाडी
280
Shares
काठमाडौं । दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ यू-१९ च्याम्पियनसिप को ड्र सार्वजनिक भएको छ, जसअनुसार नेपाल र भारत एउटै समूहमा परेका छन् ।
मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको ड्र अनुसार प्रतियोगितामा ६ टिम दुई समूहमा विभाजन भएका छन् । समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा आयोजक भारतसँगै नेपाल र श्रीलंका परेका छन् ।
प्रतियोगिता भारतको अरुणाञ्चल प्रदेशमा मे ९ देखि १८ सम्म आयोजना हुने छ । नेपालले समूह चरणमै भारतविरुद्ध खेल्नु पर्ने भएपछि फुटबलप्रेमीहरू यस खेललाई विशेष चासोका साथ हेरिरहेका छन् । नेपालले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि यात्रालाई सुनिश्चित गर्न चाहन्छ ।
प्रतिक्रिया