+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रधानमन्त्री ओलीको सुदूरपश्चिम यात्रा : दीक्षान्त समारोहदेखि सिटी हल उद्घाटनसम्म

जनवाच
२ महिना अगाडी

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाँदै छन्। दीक्षान्त समारोह, प्रदेश सभा सम्बोधन तथा सिटी हल उद्घाटन जस्ता महत्वपूर्ण कार्यक्रमहरूमा उनले सहभागिता जनाउने छन्।

प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत सुदूरपश्चिम पुग्नेछन्। बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई समेत सम्बोधन गर्ने कार्यसूची रहेको छ।

प्रदेश सभा सचिवालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनका लागि सबै आवश्यक तयारी पूरा भइसकेको छ। धनगढीमै उनले उपमहानगरपालिका-८ मा निर्माण गरिएको सिटी हलको उद्घाटनसमेत गर्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ