+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राष्ट्रिय सभाको बैठक आज, पाँच अध्यादेश पेश गर्ने तयारी

सरकारले यी अध्यादेशहरूलाई कानुनी मान्यता दिन राष्ट्रिय सभाको अनुमोदन आवश्यक हुने भएकाले आजको बैठकलाई विशेष महत्वका साथ हेरिएको छ। विपक्षी दलहरूले विरोध जनाइरहे पनि सरकार आफ्नो अडानमा कायम रहने संकेत गरिसकेको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं – संघीय संसदको राष्ट्रिय सभा आज अपराह्न १:१५ बजे बस्ने तयारीमा छ। बैठकमा सरकारद्वारा ल्याइएका र प्रतिनिधि सभाबाट पारित भइसकेका पाँच महत्वपूर्ण अध्यादेशहरू पेश गरिने कार्यसूची रहेको छ।

बुधबार प्रतिनिधि सभामा ती अध्यादेशहरू पारित भएका थिए, जहाँ विपक्षी दलहरूको चर्को विरोधका बीच बहुमतका आधारमा सरकार सफल भएको थियो। अब यी अध्यादेशहरू राष्ट्रिय सभामा पेश हुनेछन्, जसमा निम्न अध्यादेशहरू समावेश छन् –

🔹 सहकारी सम्बन्धी नेपाल ऐन संशोधन अध्यादेश-२०८१
🔹 आर्थिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी नेपाल ऐन संशोधन अध्यादेश-२०८१
🔹 निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१
🔹 सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपाल ऐन संशोधन अध्यादेश-२०८१
🔹 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१

सरकारले ल्याएका कुल ६ मध्ये ५ वटा अध्यादेश प्रतिनिधि सभाबाट पारित भइसकेका छन्, तर भूमिसम्बन्धी अध्यादेशलाई हाल होल्डमा राखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ