+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

एभरेष्ट बैंकको तेस्रो त्रैमासमा, आम्दानी र नाफामा दोहोरो लाभ

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, चैत ७ – उच्च नाफासँगै कर्जा गुणस्तर कायम राख्न सफल एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तीय सूचकहरूमा सराहनीय उछाल देखाएको छ। बैंकले यो अवधिमा ३ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.५५ प्रतिशत वृद्धि हो।

बैंकको सञ्चालन नाफा उल्लेखनीय रूपमा बढेर ८ अर्ब रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ७२ करोडको तुलनामा झण्डै दोब्बर हो। त्यस्तै, खुद ब्याज आम्दानी पनि १ अर्बले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

साथै, कुल सञ्चालन आम्दानी ८ अर्ब १७ करोड रुपैयाँमा पुगेको छ, जसमा १ अर्ब २५ करोडको वृद्धी भएको छ।

  • EPS (प्रति सेयर आम्दानी): २९.५५ बाट बढेर ३५.६१ रुपैयाँ

  • नेटवर्थ प्रति सेयर: २३५.४७ रुपैयाँ

  • वितरणयोग्य नाफा: ६ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी

  • जगेडा कोष: ३ अर्ब ६७ करोड रुपैयाँ

  • चुक्ता पुँजी: १२ अर्ब ९४ करोड रुपैयाँ

बैंकले खराब कर्जा (NPL) दर ०.७० प्रतिशतबाट घटाएर ०.६४ प्रतिशत कायम गर्न सफल भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ