+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राप्रपाको शान्तिपूर्ण विद्रोह: सीमित नेताहरूले मात्र निषेधित क्षेत्र तोडने

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, वैशाख ७ – सरकारले तोकेको निषेधित क्षेत्र तोड्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज कदम चाल्दैछ, तर यो पटक पार्टीका केवल सीमित शीर्ष नेताहरू मात्र सहभागी हुने रणनीति लिइएको छ।

राप्रपाले यसलाई “निरङ्कुश सत्ता प्रणालीविरुद्धको शान्तिपूर्ण चेतावनी” का रूपमा प्रस्तुत गर्दै आएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देन भन्छन्, “सरकार लोकतन्त्रको नाममा नागरिक स्वतन्त्रतामाथि अंकुश लगाउँदैछ। हामीले गर्ने यो प्रतिकात्मक कार्यक्रम प्रजातन्त्रको पक्षमा आवाज उठाउने एउटा सानो, तर गहिरो सन्देश हो।”

आज बिहान बिजुली बजारमा भेला भएका राप्रपाका नेताहरू बानेश्वर क्षेत्रतर्फ अग्रसर हुनेछन्, जहाँ सरकारले निषेधाज्ञा लगाएको छ। पछिल्लो पटक चैत १५ गतेको राप्रपा आन्दोलनमा हिंसा भएको भन्दै सरकारले कडा सुरक्षा घेराबन्दी गर्दै आएको छ।

लिङ्देनले भने, “सरकारले चाहेको जति घेराबन्दी गरोस्, हामी आफ्नो राजनीतिक मार्ग छोड्दैनौं। देशमा विचार राख्न नपाउने परिस्थिति हामी स्वीकार गर्दैनौं।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ