काठमाडौं – संघीय संसदको प्रतिनिधि सभा बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण कार्यसूचीहरू अघि बढाइने संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ले ‘निकासी–पैठारी (नियमन) विधेयक २०८१’ माथि छलफल अघि बढाउन प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
विधेयकमा नेपालमा आयात–निर्यात व्यापारलाई व्यवस्थित गर्ने, नियमन प्रक्रिया स्पष्ट पार्ने तथा आर्थिक गतिविधिलाई सरल बनाउन आवश्यक कानुनी संरचनाबारे छलफल हुने बताइएको छ।