+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

अन्जना शाह रावल राप्रपा नेपालमा प्रवेश, सहमहामन्त्रीको जिम्मेवारी

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन २२ – पछिल्लो समय राजसंस्था पुनःस्थापनाको अभियानमा सक्रिय अन्जना शाह रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी राप्रपा नेपाल मा प्रवेश गरेकी छिन्।

बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय, सिफलमा आयोजित विशेष कार्यक्रममार्फत शाहलाई पार्टीमा स्वागत गरे। प्रवेशसँगै उनलाई सहमहामन्त्रीको जिम्मेवारी समेत दिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता विरोधी शक्तिहरूलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता औंल्याए। उनले वर्तमान व्यवस्था असफल भइसकेको दाबी गर्दै भ्रष्ट शासनको विकल्प खोज्न सडकमा उत्रनुपर्ने धारणा राखे।

पार्टी प्रवेशपछि अन्जना शाहले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डाका लागि कमल थापा नै प्रमुख नेतृत्व भएको बताइन्। उनले थापालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै एजेन्डा सफल बनाउन आफ्नो समर्थन आवश्यक भएको स्पष्ट गरिन्।

उक्त कार्यक्रममा राजसंस्थाका कट्टर समर्थक समाजसेवी विष्णुगोपाल श्रेष्ठ लगायत विभिन्न नेताहरूको उपस्थिति रहेको थियो।

राप्रपा विभाजनपछि अलग्गिएको कमल थापा नेतृत्वको राप्रपा नेपाल हाल राजसंस्था पुनःस्थापनाको पक्षमा खुल्ला अभियानमा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ