प्रतिनिधि सभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पारित
जनवाच
२०८१ फागुन २१, बुधबार (१ महिना अगाडी )
252
Shares
जनवाच
१ महिना अगाडी
252
Shares
काठमाडौं, फागुन २२ – प्रतिनिधि सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ बहुमतले स्वीकृत गरेको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद स्वर्णिम वाग्लेले अध्यादेश अस्वीकृत गरिनुपर्ने भन्दै प्रस्ताव पेश गरेका थिए। तर, सो प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि अध्यादेश पारित भएको हो।
यसअघि, प्रतिनिधि सभाले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१ पनि स्वीकृत गरिसकेको थियो। संसदमा लगातार कानुनी तथा आर्थिक विषयमा छलफल भइरहेको छ, जसले सार्वजनिक प्रशासन सुधार र वित्तीय पारदर्शितामा प्रभाव पार्ने अपेक्षा गरिएको छ
प्रतिक्रिया