+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

भारत फाइनलमा प्रवेश: अस्ट्रेलियालाई पराजित गर्दै च्याम्पियन्स ट्रफीको उपाधि नजिक

जनवाच
१ महिना अगाडी

काठमाडौं- च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा भारत प्रवेश गरेको छ। पहिलो सेमिफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६४ रनको चुनौती प्रस्तुत गरेको थियो। अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले सर्वाधिक ७२ रन जोडे भने एलेक्स केरीले ६१ रन बनाए। ट्राभिस हेडले ३९, मार्नस लाबुसचागनेले २९, बेन ड्वारशुइसले १९ तथा नाथन एलिसले ११ रन बनाए।

भारतका बलरहरूमध्ये मोहम्मद शमीले सर्वाधिक ३ विकेट लिए। वरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान २-२ विकेट लिए भने हार्दिक पाण्डेय र अक्षर पटेलले एक-एक विकेट लिए।

२६५ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै शानदार जित हात पा‍र्‍यो। भारतका लागि विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै ८४ रन बनाए भने श्रेयस अय्यरले ४५ रन बनाए। केएल राहुलले ४२ रन, रोहित शर्मा र हार्दिक पाण्डेयले समान २८-२८ रन बनाए।

अब भारतले फाइनलमा दक्षिण अफ्रिका र न्यूजील्यान्डबीचको दोस्रो सेमिफाइनल विजेतासँग आगामी आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ