+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

मछिन्द्रको ऐतिहासिक जित: केपी ओली कपमा तेस्रो उपाधि

जनवाच
१ महिना अगाडी

काठमाडौं – मछिन्द्र क्लबले केपी ओली कपको उपाधि उचाल्दै नेपाली फुटबलमा आफ्नो दबदबा कायम राखेको छ। सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले पराजित गर्दै मछिन्द्रले तेस्रो पटक उपाधि आफ्नो पोल्टामा पार्यो।

खेलको २९औं मिनेटमै त्रिभुवन आर्मीका डिफेन्डर विमल पाण्डेले आत्मघाती गोल गरेपछि मछिन्द्रले सहज अग्रता बनायो। त्यसपछि खेलको ७२औं मिनेटमा स्टेफन जमाहा जालीले उत्कृष्ट गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए।

यो जितसँगै मछिन्द्र क्लबले नगद १५ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता त्रिभुवन आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो।

यो फाइनल खेल विशेष थियो किनकि इटालियन विश्वकप विजेता पूर्व कप्तान तथा गोलकिपर जियानलुइगी बुफोन विशेष अतिथिका रूपमा उपस्थित थिए। बुफोनलाई हेर्न हजारौं समर्थक रंगशालामा उपस्थित भए। तर, आयोजकको अव्यवस्थित टिकट व्यवस्थापनका कारण आधाभन्दा बढी समर्थक खेल नै नहेरी फर्किन बाध्य भए।

नेपालको फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर बनेको यो प्रतियोगिताले एकातर्फ मछिन्द्रको दबदबा पुष्टि गर्यो भने अर्कोतर्फ खेल व्यवस्थापन सुधार गर्न आवश्यक रहेको देखायो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ