+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

महासचिव राईविरुद्ध साइबर उजुरी, पूर्व अध्यक्ष थापा कानुनी कदममा

जनवाच
१ महिना अगाडी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्।

थापाले राईले आफूविरुद्ध १७ करोड हिनामिना गरेको आरोप लगाएको भन्दै उक्त आरोप झुटो भएको दाबी गरेका छन्। उनले राईलाई आरोप सच्याउन र आत्मालोचना गर्न आग्रह गरेका थिए, तर राईले वेवास्ता गरेपछि कानुनी प्रक्रिया अघि बढाउन बाध्य भएको उनको भनाइ छ।

थापाले आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउने गलत अभिव्यक्तिहरूप्रति गम्भीर आपत्ति जनाउँदै, कानुनी रूपमा सत्यतथ्य बाहिर ल्याउने अडान लिएका छन्। अब साइबर ब्युरोले यस विषयमा थप अनुसन्धान गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ