+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

मौद्रिक नीतिको दोस्रो समीक्षा : कर्जादेखि विदेशी मुद्रा व्यवस्थासम्म के छन् नयाँ प्रावधान?

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा बैंकिङ प्रणालीलाई थप लचिलो बनाउने, विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउने र कर्जाको प्रवाहलाई व्यवस्थित गर्ने उद्देश्यसहित ल्याइएको बताइएको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। यस समीक्षामा विदेशी मुद्रा व्यवस्थापनदेखि व्यक्तिगत तथा विद्युतीय सवारी कर्जासम्म विभिन्न नयाँ प्रावधानहरू लागू गरिएका छन्।

१. विदेशी मुद्रा सञ्चितिमा सुधार :

अब बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म विदेशी मुद्रा (नन-डेलिभरेबल फरवार्ड) राख्न पाउनेछन्। यसअघि यो सीमा १५ प्रतिशत मात्र थियो। राष्ट्र बैंकको यो नीतिले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउने विश्वास गरिएको छ।

२. विद्युतीय सवारी खरिदमा कर्जाको सीमा घट्यो :

राष्ट्र बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न कर्जाको सीमा घटाएर ६० प्रतिशत मात्र पुर्‍याएको छ। यसअघि ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो। यो परिवर्तनले इलेक्ट्रिक गाडीको बजारमा असर पार्ने अनुमान गरिएको छ।

त्यस्तै, अन्य व्यक्तिगत सवारीसाधन खरिदमा पनि बैंकहरूले ६० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने भएका छन्, जुन पहिलाको ५० प्रतिशत सीमाभन्दा बढी हो।

३. लघुवित्तलाई नयाँ ब्याजदर मापदण्ड :

राष्ट्र बैंकले अब लघुवित्त वित्तीय संस्थाहरूलाई पनि आधार दरमार्फत ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था लागू गरेको छ। २०८२ जेठदेखि लागू हुने यो नियमअनुसार, लघुवित्तका ग्राहकहरूले अब बढीमा १५ प्रतिशत ब्याजदरमा कर्जा लिन सक्नेछन्।

४. असल कर्जाको प्रोभिजन दर घट्यो :

राष्ट्र बैंकले असल कर्जाको प्रोभिजन दर १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ। यसले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोभिजन रकम व्यवस्थापनमा राहत दिने अनुमान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ