+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : असल कर्जाको प्रोभिजन दर घटाइयो

अर्थवाच

जनवाच
१ महिना अगाडी

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गर्दै असल कर्जाको प्रोभिजन दर घटाउने निर्णय गरेको छ। यसअघि १.१ प्रतिशत रहेको प्रोभिजन दरलाई घटाएर १ प्रतिशतमा ल्याइएको छ।

यस निर्णयसँगै बैंकहरूले भाखा नाघेको तीन महिनासम्मको कर्जामा अब १ प्रतिशत मात्र प्रोभिजन गरे पुग्नेछ। प्रोभिजन दर घट्दा बैंकहरूको खर्च केही घट्ने र त्यसको प्रभाव कर्जाको ब्याजदरमा पर्न सक्ने अनुमान गरिएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दर ५ प्रतिशतमै कायम राख्ने जनाएको छ। साथै, ब्याजदर करिडोरअन्तर्गत तल्लो सीमा (निक्षेप संकलन दर) ३ प्रतिशत र माथिल्लो सीमा (बैंक दर) ६.५ प्रतिशत यथावत राखिएको छ।

कर्जाको वर्गीकरण, मौद्रिक नीतिका दर तथा बैंकिङ प्रणालीमा स्थिरता कायम गर्ने उपायहरूबारे समीक्षा गर्दै राष्ट्र बैंकले वर्तमान नीति निरन्तरता दिने संकेत गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूलाई सहज वित्तीय प्रवाहमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ