काठमाडौं, फागुन १३ । नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ। मंगलबार सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च विन्दु १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य निरन्तर उकालो लाग्दै फेरी नयाँ रेकर्ड बनाएको हो। यसअघि, गत कात्तिक १५ र फागुन ८ गते सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा गिरावट
सुनको मूल्य उच्च विन्दुमा पुगे पनि चाँदी भने सस्तो भएको छ। मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ९७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अस्थिरता, लगानीकर्ताको आकर्षण र मुद्रा नीति परिवर्तनले सुनको मूल्य उच्च दरले वृद्धि भइरहेको हो।