+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

रमजानसँगै खजूरको व्यापारमा उछाल : साउदीले यसपालि कमायो १ अर्ब २८ करोड रियाल

रमजान मात्र नभई वर्षभर नै साउदीले खजूरको व्यवसायमार्फत ठूलो राजस्व संकलन गर्ने गरेको छ। धार्मिक र सांस्कृतिक महत्त्वसँगै खजूर अब आर्थिक रूपमा पनि महत्वपूर्ण सम्पत्ति बन्न पुगेको छ।

जनवाच
१ महिना अगाडी

काठमाडौ – इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान नजिकिँदै गर्दा खजूरको व्यापारले उचाइ लिँदै गएको छ। साउदी अरेबियाले यो विशेष समयमा मात्रै ७० प्रतिशत खजूर निर्यात गर्ने गरेको छ, जसले देशलाई ठूलो आर्थिक लाभ दिलाउँछ।

साउदीको वातावरण, पानी तथा कृषि मन्त्रालयका अनुसार सन् २०२४ मा खजूर निर्यात ५.४ प्रतिशतले बढेर १ अर्ब २८ करोड साउदी रियाल (३४ करोड अमेरिकी डलर) पुगेको छ।

रमजानको ३० दिनको व्रतमा खजूरलाई पवित्र र आवश्यक फल मानिन्छ। व्रत खोल्ने बेला (इफ्तार) खजूर अनिवार्य रूपमा खाने प्रचलन छ। यही कारण रमजान नजिकिँदै गर्दा खजूरको माग तीव्र रूपमा बढ्ने गर्छ।

साउदी अरेबिया तेल मात्रै होइन, खजूर उत्पादनमा पनि विश्वकै अगुवा देशमध्ये एक हो। साउदीले ३०० भन्दा बढी प्रकारका खजूर उत्पादन गरी १२० भन्दा बढी देशमा निर्यात गर्छ।

साउदी अरेबियाले खजूर बेच्ने मात्र होइन, रमजानको अवसरमा १०२ देशलाई उपहारस्वरूप सात सय टन खजूर पठाउने कार्यक्रम पनि अघि बढाएको छ।

राजा सलमानको पहलमा इस्लामिक मामिला मन्त्रालयमार्फत गरिने यो उपहार अभियान गत वर्षभन्दा २०० टन बढी रहेको छ। हरेक वर्ष रमजानमा साउदीले यस्तो परम्परा निभाउँदै आएको छ।

खजूरको माग रमजानमा अत्यधिक हुने भएकाले यो महिनालाई व्यापारिक अवसरका रूपमा पनि हेरिन्छ।

विशेषगरी साउदी, इरान, इजिप्ट, ट्युनिसिया, इराक, पाकिस्तान र संयुक्त अरब इमिरेट्स खजूर उत्पादनका मुख्य केन्द्रहरू हुन्। तर साउदी निर्यातको मूल्यका हिसाबले पहिलो स्थानमा रहेको अन्तर्राष्ट्रिय ट्रेड सेन्टरको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ