काठमाडौं – नेपाली स्मार्टफोन बजारमा नवप्रवर्तनलाई निरन्तरता दिँदै टेलिटक प्रालिले अत्याधुनिक विशेषतासहितको एचएमडी क्रेस्ट स्मार्टफोन सार्वजनिक गरेको छ। स्टाइलिश डिजाइन, उच्चस्तरीय फोटोग्राफी क्षमता तथा वातावरणमैत्री निर्माण अवधारणासहित आएको यो फोनले स्मार्टफोन बजारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
फोटोग्राफीका लागि नयाँ उचाइ
एचएमडी क्रेस्ट स्मार्टफोन ५० मेगापिक्सेलको सेल्फी क्यामरा तथा ५० मेगापिक्सेलकै डुअल रियर क्यामेरा सहित आएको छ। यो फोनमा एआई-सम्बलित फोटोग्राफी फिचरहरू उपलब्ध छन् जसले प्रयोगकर्तालाई पेशेवरस्तरको फोटो खिच्न मद्दत पुर्याउँछ। विशेष गरी, ह्याण्ड्स-फ्री सेल्फी, टोन कन्ट्रोल र ब्युटिफाई फिचर ले सेल्फी अनुभवलाई अर्को तहमा पुर्याउनेछ।
यसमा स्लो मोशन मोड, एआई सुपर पोट्रेट मोड तथा फ्ल्याश शट जस्ता उन्नत फिचरहरू समावेश छन्, जसले विशेष क्षणहरू कैद गर्न अझ सजिलो बनाउँछ।
स्टाइलिस डिजाइन र प्रभावशाली डिस्प्ले
एचएमडी क्रेस्टमा ६.६७ इञ्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले रहेको छ, जसले मनोरञ्जन तथा सामाजिक सञ्जाल अनुभवलाई आकर्षक बनाउँछ।
शक्तिशाली परफर्मेन्स र ब्याट्री लाइफ

यो स्मार्टफोन ५१०,००० अन्टुटु स्कोरसहितको युनिसोक टी७६० फाइभजी अक्टाकोर प्रोसेसर ले सुसज्जित छ। लामो समय टिक्ने ५००० एमएएच ब्याट्री, ३३ वाटको फास्ट चार्जिङ तथा ८०० चार्जिङ साइकलको क्षमता यसमा रहेको छ।
प्रयोगकर्तामैत्री मर्मतसम्भार
एचएमडी क्रेस्टको विशेषता भनेकै रिपेयरेबिलिटी १.० टेक्नोलोजी हो, जसले प्रयोगकर्तालाई आफैंले ब्याट्री, डिस्प्ले, ब्याक प्यानल तथा चार्जिङ पोर्ट सजिलै परिवर्तन गर्न मद्दत गर्छ। यसले डिभाइसको जीवनकाल लम्ब्याउने तथा इलेक्ट्रोनिक फोहोर न्यूनीकरण गर्नेछ।
एचएमडीको भनाइ
एचएमडीका उपाध्यक्ष रवि कुँवरका अनुसार, “एचएमडी क्रेस्ट सिर्जनशीलता, दिगोपना तथा उत्कृष्ट प्रयोगकर्ता अनुभवलाई प्राथमिकता दिने हाम्रो प्रतिबद्धताको प्रमाण हो। यो फोन आजको पुस्ताको मूल्यमान्यतासँग मेल खानेगरी डिजाइन गरिएको छ।”
नेपालमा मूल्य र उपलब्धता
एचएमडी क्रेस्ट मिडनाइट ब्लू रंगमा रु. १८,९९९ मा नेपालभरका मोबाइल पसलहरूमा उपलब्ध हुनेछ।
टेलिटकको भुमिका
टेलिटक प्रालि नेपालमा एचएमडी तथा नोकिया ब्राण्डको आधिकारिक बिक्रेता हो। दूरसञ्चार बजारमा नवप्रवर्तन ल्याउने उद्देश्यसहित स्थापित यो कम्पनी नेपालका ठूला मोबाइल वितरकहरूमध्ये एक हो।