+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पोखरामा पौडी खेल्नेक्रममा दुई जनाको मृत्यु

जनवाच
९ महिना अगाडी

ईबरेङ ।
पोखरामा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार पोखरा महानगरपालिका २३ घाँटीछिनास्थित हर्पन खोलामा पोडी खेल्नेक्रममा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सह(प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

पोखरा महानगरपालिका १ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका २ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम ताम्राकार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

बेपत्ता भएको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोलीले दुबै जनाको शव निकालेको डिएसपी थापाले बताएका छन् ।

फेला परेका दुवै जनाको शव पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ