+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

एमबाप्पेको ह्याट्रिकसहित रियल अन्तिम १६ मा, सिटीलाई सहजै पराजित

जनवाच
२ महिना अगाडी

काठमाडौं, फागुन ८ – युरोपियन फुटबलको महारथी स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो लेगको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-३ को जित निकाल्दै रियलले अर्को चरणमा प्रवेश पक्का गरेको हो।

खेलको नायक बने फ्रेन्च स्टार किलियन एमबाप्पे, जसले ह्याट्रिक पूरा गर्दै आफ्नो उत्कृष्ट लय देखाए। उनले खेलको चौथो, ३३औं र ६१औं मिनेटमा गोल गर्दै सिटीको रक्षापंक्तिलाई धराशायी बनाए। सिटीका लागि इन्ज्युरी समयमा निको गोन्जालेजले एकमात्र सान्त्वना गोल फर्काए।

रियल अब क्वाटरफाइनल प्रवेशका लागि एट्लेटिको मड्रिड वा जर्मन क्लब लेभरकुसेनसँग भिड्नेछ।

यसैबीच, डर्टमन्ड, पेरिस सेन्ट जर्मेन (पिएसजी) र पिएसभीले पनि अन्तिम १६ मा स्थान बनाएका छन्। डर्टमन्डले स्पोर्टिङसँग गोलरहित बराबरी खेले पनि समग्रमा ३-० को अग्रताले अघि बढ्यो। पिएसजीले ब्रेस्टलाई ७-० ले पराजित गर्दै समग्रमा १०-० को शानदार जित निकालेको छ भने, युभेन्ट्सलाई दोस्रो लेगमा ३-१ ले हराएको पिएसभीले समग्रमा ४-३ को अग्रता बनाउँदै अर्को चरणमा प्रवेश पक्का गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ