+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भ्यालेन्टाइन डे विशेष

भ्यालेन्टाइन डे विशेष : बुद्ध एयरले माउन्टेन फ्लाइटमा जोडीलाई एउटा टिकट फ्रिमा बाड्दै

जनवाच
२ महिना अगाडी

काठमाडौं। आज फेब्रुअरी १४, अर्थात् अर्थात् भ्यालेन्टाइन डे । प्रेमको दिवसको रुपमा संसारभर मनाइने आज प्रेमिल जोडीहरुले माया पिरतीको प्रतिकको रुपमा यस दिनलाई विशेषगरी मनाउने गर्छन् ।

यसै अवसरमा बुद्ध एयरले भ्यालेन्टाइन विशेष उपहार योजना ल्याएको छ । एयरले आज आफ्ना जुनकुनै पर्वतीय उडानमा टिकट काट्ने जोडीलाई एउटा टिकेट किन्दा अर्को सित्तैमा उपलब्ध गराउने घोषणा गरेको छ ।

बुद्ध एयरका अनुसार यो अफर सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकर लगायतका हिमश्रृंखलाको अवलोकन (माउन्टेन फ्लाइट) मा प्रदान गरिनेछ । उडानका क्रममा एकजना यात्रुलाई झ्यालको सिट र अर्को यात्रुलाई त्यसको छेउको सिट उपलब्ध गराइनेछ।

टिकटको अतिरिक्त कम्पनीले प्रणय दिवसलाई अझ विशेष बनाउन विशेष उपहारको व्यवस्थासमेत गरेको जनाएको छ। टिकट काट्ने जोडीले चकलेट, गुलाबको फूल तथा चिया स्पटको मिठो खाजा खानका लागि डिस्काउन्ट भाउचर समेत प्राप्त गर्नेछन्।

यस अवसरमा गोलाप्रथाबाट छानिएका तीन जोडीलाई ‘दलाई–ला–बुटिक होटल’ मा दुई दिन एक रातको प्याकेज समेत प्रदान गर्ने कम्पनीले जनाएको छ। साथै अन्य सबै यात्रुहरूलाई विभिन्न प्रकारका डिस्काउन्ट भाउचर समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ