+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धर्म/संस्कृति

महाशिवरात्रिको तयारीका लागि २०१ सदस्यीय जम्बो समिति गठन

जनवाच
२ महिना अगाडी

काठमाडौं। महाशिवरात्रि पर्वलाई व्यवस्थित रुपमा सम्पन्न गर्न २०१ सदस्यीय जम्मो समिति बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय महाशिवरात्रि मूल समारोह समिति गठन गरिएको हो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री पाण्डेको सभापतित्वमा आज बसेको परिषद्को बैठकले सो समिति गठन गरेको हो । समिति अन्तर्गत ९ वटा विषयगत उपसमिति गठन पनि गरेको र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

पशुपति क्षेत्रमा रङरोगन, भित्तेचित्र लेखन, बत्ती व्यवस्थापनलगायत सुरु गरिएको छ । यस वर्षको महाशिवरात्रि पर्व फागुन १४ गते परेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ