+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

छ महिनामा १४ जीवन बीमा कम्पनीहरुले कमाए ३ अर्ब ४८ करोड नाफा

कुन कम्पनीले कति कमाए ? (सूचिसहित)

जनवाच
२ महिना अगाडी

काठमाडौं । चालु आर्थिकको ६ महिनामा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीहरुद्वार बुधबार सार्वजनिक वित्तीय रिपोर्टमार्फत यस्तो तथ्यं देखिएको हो ।
हाल नेपालमा १४ वटा जीवन बीमा कम्पनीहरु छन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका बीमा कम्पनीहरुले यो वर्ष नाफामा १४.८४ प्रतिशतको वृद्धि भएको हो । यद्यपि, कम्पनीहरुको यो नाफा बीमांकीय मूल्यांकन अघिको हो ।
बीमांकीय मूल्यांकनको क्रममा बीमांकीले बीमा कोषको १० प्रतिशतसम्म रकम नाफा–नोक्सान खातामा सारिदिन सक्छन् । त्यो अवस्थामा लेखा परिक्षण पछि कम्पनीको नाफा थप बढ्ने सम्भावना पनि छ ।

कुन कम्पनीले कति नाफा कमाए (सूचिसहित)
– नेपाल लाइफ : ४६ करोड ८१ लाख ५० हजार
– हिमालयन लाइफः ३७ करोड ६२ लाख ८२ हजार
– रिलायवल नेपाल लाइफः ३५ करोड तीन लाख ९० हजार
– सन नेपाल लाइफः २८ करोड २२ लाख ७९ हजार
– नेशनल लाइफः २७ करोड ९१ लाख ४० हजार
– आईएमई लाइफः २६ करोड ७८ लाख ६२ हजार
– एसियन लाइफः २५ करोड तीन लाख सात हजार
– सानिमा रिलायन्स लाइफः २३ करोड १६ लाख ८९ हजार
– सिटीजन लाइफः २३ करोड नौ लाख ७१ हजार
– मेट लाइफः २२ करोड २५ लाख ५९ हजार
– सुर्यज्योति लाइफः १९ करोड ६१ लाख ३९ हजार
– प्रभु महालक्ष्मी लाइफः १८ करोड २५ लाख ८६ हजार
– एलआईसी नेपालः १४ करोड १८ लाख ३२ हजार
– राष्ट्रिय जीवन बीमा कम्पनीः ८० लाख ६५ हजार कमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ