काठमाडौं। भ्रष्टाचार हुने देशहरुको सूचिमा नेपाल १०७ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा नेपाल विश्व भ्रष्टाचारको १०७ औं स्थानमा परेको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको सुशासनको १०० अंकमा नेपालले जम्मा ३४ अंक पाएको छ । अघिल्लो वर्ष नेपालले ३५ अंकसहित १०६ औं नम्बरमा थियो । यस पटक नेपालको सुशासन थप खस्किएको ट्रान्सपरेन्सीको रिपोर्टले देखाएको छ ।
साउथ सुडान विश्वकै भ्रष्टाचार हुने देशको पहिलो नम्बरमा परेको छ । कूल १०० अंकमा सुडानले जम्मा ८ अंक मात्र प्राप्त गरेको छ ।
सर्वेक्षणमा १८० देश समेटिएका छन् ।