+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलआई इन्स्योरेन्सले छ महिनामा कमायो १४ करोड १८ लाख नाफा

जनवाच
२ महिना अगाडी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल (एलआईसी) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । तुलनात्मक रुपमा यस वर्ष कम्पनीले नाफामा सामान्य वृद्धि गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १४ अर्ब ४१ करोड रुपैयाँबाट बढेर १५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै खुद बीमाशुल्क आर्जन भने ८ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार १ खर्ब २७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने १ खर्ब १३ अर्ब ४६ करोड रुपैयाँ थियो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३९ पैसाले बढेर १०.६९ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २४२.४६ रुपैयाँ छ ।

२ अर्ब ६५ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा ५८ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ