+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटक आगमन

सन् २०२५ को पहिलो महिनामा नै ८० हजार पर्यटक नेपाल भित्रिए

जनवाच
२ महिना अगाडी

काठमाडौं । जनवरी अर्थात सन् २०२५ को पहिलो महिनामा करीब ८० हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

२०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए । यसरी हेर्दा पर्यटक आगमन अघिल्लो वर्षभन्दा केही बढेको छ ।

पर्यटक आगमनको संख्या अनुसार सबैभन्दा बढी भारतीय २० हजार ४ सय ८५, चिनियाँ ८ हजार १ सय ९१ र अमेरिकन ८ हजार ६३ जनाले जनवरी महिनामा नेपाल भ्रमण गरेका छन् । त्यस्तै जनवरी महिनामै नेपालबाट ८० हजार ५९ जना बाहिरिएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ