+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमई लाइफ इन्स्योरेन्सको नयाँ बोनसरदर सार्वजनिक, कसले कति पाउँछन् ?

जनवाच
३ महिना अगाडी

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको जनाएको छ ।

बोनस दरका विभिन्न योजनाअन्तर्गत सावधिक, सीमित अवधिक भुक्तानी तथा बाल सावधिक बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार न्यूनतम ३२ रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म प्रतिहजारका दरले बोनस पाउनेछन् । त्यस्तै, सामूहिक सावधिक जीवन बीमालेखमा कम्पनीले बिमितलाई न्यूनतम ३२ रुपियाँदेखि अधिकतम ७५ रुपियाँसम्म बोनस दिने भएको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३२ रुपियाँदेखि अधिकतम ८० रुपियाँसम्म बोनस दर पाइनेछ । यसका साथै अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) बीमा योजनामा कम्पनीले न्यूनतम ३२ रुपियाँदेखि अधिकतम ६३ रुपियाँसम्म प्रति हजारका दरले बोनस दर दिनेछ ।

साथै कम्पनीले अग्रिम भुक्तानी सावधिक योजनामा भने न्यूनतम ३० रुपियाँदेखि अधिकतम ६३ रुपियाँ दिने निर्णय गरेको छ । बाल अग्रिम भुक्तानी सावधिक ९बाल उमंग० बीमा योजनामा आबद्ध हुने बिमितले प्रतिहजारमा न्यूनतम ३० रुपियाँदेखि अधिकतम ६५ रुपियाँसम्म पाउनेछन् ।

वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख ९बाल किरण० योजनाका लागि कम्पनीले बिमितलाई न्यूनतम ३० रुपियाँदेखि अधिकतम ६० रुपियाँसम्म बोनस दर दिनेछ ।

वार्षिक अग्रिम भुक्तानी सावधिकत जीवन बीमालेख (धन सरिता) का बिमितले नयाँ बोनस दरअनुसार प्रतिवर्ष प्रतिहजारका दरले २२ रुपियाँ बोनस पाउनेछ बताइएको छ ।

माथिको बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधिक भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालू बीमालेखमा समेत लागू हुने र कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि उल्लिखित दाबीहमा समेत सोही बोनस दर लागू हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ