+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रविविना बस्यो रास्वपाको पहिलो केन्द्रीय समिति बैठक, यस्तो छ मुख्य एजेन्डा

जनवाच
३ महिना अगाडी

काठमाडौं। सभापति रवि लामिछानेविना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय समिति बैठक शनिबार बसेको छ । शनिबार र आइतबार दुई दिने बस्ने केन्द्रीय समितिको बैठकमा आन्तरिक पार्टीको कार्यदिशा तथा रणनीतिसँगै सरकारले हालैमात्र जारी गरेको सहकारी सम्बन्धी अध्यादेश लगायतका विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

शनिबार बस्ने पहिलो दिनको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबिच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुने कार्यक्रम तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जनाएका छन् । यस्तै, आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम समेत तय भएको उनले बताएका छन् । बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गरेको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं स्र्वाङ्गिण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ । रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ ।

रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोरप्रसाद अर्यालले रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ