+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

मोहन वैद्य किरणलाई, त्रिवि शिक्षण अस्पतालको आईसीयूमा: अवस्था गम्भीर

जनवाच
५ घण्टा अगाडी
काठमाडौं – क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका पुराना नेता तथा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ पुनः एकपटक स्वास्थ्य जटिलताको सामना गर्दै त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा गम्भीर अवस्थामै उपचाररत छन्।

७८ वर्षीय वैद्यलाई जेठ १५ गतेदेखि दम तथा छातीको संक्रमणले गम्भीर बनाउँदै लगेपछि अस्पताल भर्ना गरिएको थियो। अक्सिजनको लेभल घटबढ भइरहेकाले चिकित्सकहरूले उनलाई आईसीयूमा राखेर निगरानीमा राखेका छन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार वैद्यलाई पुरानै श्वासप्रश्वासको समस्या (दम) ले जटिल बनाएको हो। “छातीको संक्रमण अझै पनि नियन्त्रणमा आएको छैन, अक्सिजनको स्तर अस्थिर छ,चिकित्सक स्रोतको भनाइ छ, यसपटक अवस्था अघिल्ला समयहरूभन्दा केही गम्भीर छ।

यो पहिलो पटक होइन, वैद्यको स्वास्थ्यले चुनौती दिएको। गत पुस महिनामा पनि उनी झण्डै एक महिना त्रिवि शिक्षण अस्पतालमै भर्ना भई उपचारमा थिए। त्यतिबेला पनि दमकै कारण स्वास्थ्यमा जटिलता देखिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ