+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुप्रति मन्त्री भण्डारीको आक्रोश : यसअघि महंगो ब्याज लिएर उठाएको पैसा कहाँ छ ?

जनवाच
३ महिना अगाडी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति तीब्र असन्तुष्टि पोखेका छन् । शुक्रबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) को पाँचौ वार्षिक साधारणसभामा बोल्दै मन्त्री भण्डारीले बैंकहरुले उत्पादन र रोजगारी सिर्जनामा लगानी नै नगरेको आरोप लगाए ।

उनले प्रश्न गरे, ‘कृषि, उद्योग, ग्रामीण अर्थतन्त्र सुधारमा बैंकहरुले कहाँ कहाँ लगानी गरे ? कसले लाभ लियो ? यो आजको गम्भीर प्रश्न हो । बैंकहरुले प्राप्त पूँजीलाई उत्पादन र रोजगारी सिर्जनामा विस्तार गर्नै सकेनन् ।’

तर, बैंकहरुले निजी क्षेत्रमा लगानी नै नगरेको गुनासोका बीच मन्त्री भण्डारीले बैंकर्स र निजी क्षेत्र आफैं भएकाले गुनासो नगर्न पनि आग्रह गरे ।
‘तपाईहरुनै बैंकर्स फेरि तपाईंहरुनै व्यवसायी । जता फाइदा हुन्छ उतै । यसैले तपाईं आफैंले गुनासो गरेको सुहाएन’ भण्डारीले भने ।

तर, बैंकहरुले ग्रामीण कृषि र साना उद्यमको क्षेत्रमा लगानी गर्दै नगरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । अहिले ब्याजदर सस्तो हुँदा पनि व्यवसायी र साना किसानहरुले कर्जा पाउन नसकेको र पाएपनि बढी ब्याज तिरिरहनुपरेको उनले बताए ।

‘जनता दुब्लाइरहेने तर बैंकहरु मोटाउने यसो हुन सक्दैन’, मन्त्री भण्डारीले भने, ‘यसअघि महंगो ब्याज लिएर उठाएको पैसा कहाँ छ ? सो पुँजी लगानी गर्न पर्यो ।’

लगानीको समस्या र ब्याजदरलाई देखाएर बैंकहरु जिम्मेवारीबाट भाग्न नमिल्ने मन्त्री भण्डारीले बताए । सरकारले आर्थिक विकास र आम सर्वसाधारणको जनजीवन परिवर्तन गर्ने गरि आर्थिक विकासमा लागि रहेको बताउदै उनले वित्तीय क्षेत्रबाट राष्ट्रिय पुँजी निर्माण गर्न सहयोग गर्न बैंकहरुलाई आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ