+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ पार्टी घोषणाको तयारीमा रहेका डा.रावलले आज पत्रकार सम्मेलन आयोजना गर्दै

जनवाच
३ महिना अगाडी

काठमाडौं । नेकपा एमालेका पूर्व नेता डा.भीम रावलले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । त्यसो त नयाँ पार्टी घोषणाको तयारीमा समेत रहेका डा.रावलले एमालेबाट आफुलाई निष्काशित गरिएको सन्दर्भमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् बताइएको छ ।

नेकपा एमालेमा रहँदा आफुले भोगेको दुःख र अध्यक्ष केपी शर्मा ओलीले गरेको मनोमानी र एकलौटी शासनको डा. रावलले पत्रकार सम्मेलनमार्फत आज भण्डाफोर गर्ने बुझिएको छ ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट निकालिएका थिए । यसलगत्तै पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

गत सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको खुलेर विरोध गर्दै आएका रावलले २०७८ सालमा चितवनमा आयोजित १० औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । उनी पराजित भएपछि एमालेले सल्लाहकार कमिटीमा राखेको थियो । तर उनले त्यो जिम्मेवारी बहन गरेका थिएनन् ।

पछिल्लोपटक गत दशैंमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउनका लागि जग्गा दानमा लिने पार्टीको निर्णयको उनले खुलेर विरोध गरेका थिए । त्यसपछि अनुशासन विपरीत गतिविधि गरेको भन्दै रावललाई एमालेले पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ