+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने

जनवाच
३ महिना अगाडी

काठमाडौं । हिमालयन बैंक लिमिटेडले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । एफपीओ निष्कासन सम्बन्धि प्रस्ताव पारित गर्न कम्पनीले साधारणसभा बोलाएको छ । यद्यपि बैंकले यसपटक लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन ।

सभाले गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवकालागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, स्वतन्त्र सञ्चालकको नियुक्ति र खर्च अनुमोदन गर्नेछ ।

त्यस्तै, प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्ने र एफपीओ निष्कासनपछि जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभा प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । पुस १७ गतेसम्म कायम शेयरधनी सभामा सहभागी बन्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ