+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफ इन्स्योरेन्सको २० प्रतिशत लाभांश पारित

जनवाच
३ महिना अगाडी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । हालै राजधानीमा सम्पन्न कम्पनीको १७औं वार्षिक साधारणसभाले प्रस्तावित २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित २० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ ।

यस्तै, सभाले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा आर्थिक प्रतिवेदन छलफलपश्चात् सर्वसम्मतिले पारित गरेको छ । सभाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आव २०८०/८१ मा भएको खर्च अनुमोदनका साथै आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरेको छ । सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउने विभिन्न निर्णय समेत गरेको बताइएको छ ।

सभामा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना र नवीन सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ