+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सार्वजनिक ऋण

सार्वजनिक ऋण घट्यो, मंसिर मसान्तसम्म २४ खर्ब ९२ अर्ब तिर्न बाँकी

जनवाच
३ महिना अगाडी

काठमाडौं । पछिल्लो महिना मुलुकको सार्वजनिककोक आकार २५ अर्ब ६४ करोड रुपियाँले घटेको छ । अघिल्लो महिना कात्तिक मसान्तसम्म मुलुकले तिर्न बाँकी सार्वजनिक ऋणको कूल बक्यौता २५ खर्ब १८ अर्ब ५ करोड रुपियाँ रहेकोमा सो मंसिरमा घटेर २४ खर्ब ९२ अर्ब ४१ करोड रुपियाँमा झरेको हो ।

मतलब हाल नेपाल सरकारले तिर्न बाँकी कूल सार्वजनिक ऋणको आकार २४ अर्ब ४१ अर्ब ४१ करोड रुपियाँ रहेको छ ।
जसमध्ये आन्तरिकतर्फ १२ खर्ब १७ अर्ब ६६ करोड रुपियाँ आन्तरिक ऋण रहेको छ भने बाँकी १२ खर्ब ७४ अर्ब ७४ करोड रुपियाँ बाह्य ऋण रहेको छ । कूल ऋणमा आन्तरिक र बाह्य ऋणको स्थिति ४८.८५/५१.१५ प्रतिशत रहेको छ ।

चालुआर्थकि वर्षको शुरुमा सार्वजनिक ऋणको आकार २४ खर्ब ३४ अर्ब ९ करोड रुपियाँ रहेको थियो । मंसिर मसान्तसम्म तिर्न बाँकी कूल सार्वजनिक ऋणको आकारका आधारमा पाँच महिनामा ५८ अर्ब ३१ करोड रुपियाँ थपिएको छ । तिर्न बाँकी कूल सार्वजनिक ऋणको आकार कूल गार्हस्थ्य उत्पादन ९जीडीपी० को तुलनामा ४३.६९ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ५८ अर्ब २४ करोड रुपियाँ बराबरको ऋण प्राप्ति भएको र २१ अर्ब २३ करोड रुपियाँ साँवा ब्याज भुक्तानी गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । तर पछिल्लो पटक विनिमयदरमा भएको घटबढको प्रभावले कात्तिक मसान्तको तुलनामा मंसिरको ऋण भूक्तानी दायित्व २५ अर्ब ६४ करोड घट्न गएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ