काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ विरुद्ध ७ वर्ष जेल सजायको माग गर्दै साइबर अपराधको मुद्दा दर्ता गरिएको छ । बैंक तथा वित्तीय संस्थाका ऋणीहरुको ऋण मिनाहा अभियान समेत सञ्चालन गर्दै आएका व्यवसायी प्रसार्इँविरुद्ध जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा प्रसाईँविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ ।
प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट पनि अनुसन्धान जारी रहेको भन्दै प्रहरीले अनुसन्धानपछि थप मुद्दा दर्ता हुने बताएको छ ।
प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै पत्रकार सम्मेलन गरेपछि प्रसार्इँलाई प्रहरीले गत मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।