काठमाडौं । उत्तरी छिमेकी राष्ट्र चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने भएको छ । सोमबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिस्टाचार भेट गर्दै चिनियाँ राष्ट्रपति सी जिङपिङले यस्तो घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँगको भेटमा राष्ट्रपति सी जिङपिङले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाएका छन् ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा चीन भ्रमणमा गएका ओलीले मंगलबार प्रधानमन्त्रीसँगै राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता गरेका छन् । उक्त भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–चीनबीच खास ८ वटा मुद्दामा सहकार्यको सहमति गरेका छन् ।
यस्तो छ नेपाल–चीन बीच भएको ८ वटा सहमति
–टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान ।
–नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र ।
–नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान ।
–फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल विकास योजना सम्बन्धी समझदारी पत्र ।
–आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र ।
–नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान ।
–स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र ।
–नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र ।