१२ असार, काठमाडौं – नेपालका लागि हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले धनगढीमा ‘नया क्रेटा ईभी’ सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय ग्राहकको उल्लेखनीय सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ। कम्पनीको दाबी अनुसार, नेपालभर फैलिएको बिस्तारित सर्भिस नेटवर्क, गुणस्तरीय सेवा र भरपर्दो गाडी उपलब्ध गराउँदै आएको कारण हुन्डाई ब्रान्ड उपभोक्ताको विश्वास जित्न सफल भएको छ। ईभी खरिदमा हुने अन्योलता, जस्तै स्पेयर पार्ट्सको उपलब्धता, दीर्घकालीन सेवा र मूल्य–सम्बन्धी शंका हटाउन क्रेटा ईभीले उल्लेखनीय भूमिका खेल्ने कम्पनीको विश्वास छ।हुन्डाईले नेपालमै क्रेटा पेट्रोल मोडलको निर्माण थालिसकेको जानकारी दिदै, क्रेटा ईभी र पेट्रोल दुबै मोडल एउटै प्लेटफर्ममा आधारित रहेकाले सेवा र पार्ट्स व्यवस्थापनमा कुनै चुनौती नआउने स्पष्ट पारेको छ। ईभी अपनाउने यात्रालाई सहज बनाउन लक्ष्मी हुन्डाईले ‘आर ई–लक्स’ ब्राण्डअन्तर्गत चार्जिङ स्टेसन विस्तार गर्दै आइरहेको छ।हालसम्म देशभर ६६ वटा डीसी र एसी चार्जरहरू सञ्चालनमा आइसकेको कम्पनीको भनाइ छ। ग्राहकलाई अझ नजिकबाट बुझ्न तथा पेट्रोल र ईभी दुवै मोडलका लागि आफूसँग सबल सपोर्ट सञ्जाल उपलब्ध रहेको सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोलीले देशका विभिन्न सहरहरूमा डिलरसँग प्रत्यक्ष सम्वाद गरिरहेको छ।