+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

रानीमहल अब पुरानै स्वरूपमा पुनःनिर्माण हुने

जनवाच
६ घण्टा अगाडी

१२ असार, काठमाडौं -पाल्पाको ऐतिहासिक रानीमहललाई पुरानै स्वरूपमा फर्काइ संरक्षण गर्ने रणनीति तय भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले गुरुयोजना बनाएर रानीमहलको मौलिकता जोगाउँदै संरक्षण कार्य अघि बढाउने निर्णय गरेको हो।

राणाकालीन शासक खड्ग शम्शेरले आफ्नी पत्नी रानी तेजकुमारी देवीको सम्झनामा निर्माण गराएको यो महल अब इतिहासको गहना को रूपमा जस्ताको तस्तै स्वरूपमा पुनःस्थापित हुने भएको हो।
बैठकमा उपप्रधानमन्त्री पौडेलले रानीमहलको महत्व ‘दुर्लभ’ भएको उल्लेख गर्दै पुरानो शैली, बनावट र सामग्रीहरूसँग मेल खाने अध्ययन र अभिलेख संकलन गर्न पुरातत्व विभागलाई विशेष निर्देशन दिएका छन्।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले दीर्घकालीन योजना बिना संरक्षण सम्भव नहुने भन्दै कालीगण्डकी आसपासको क्षेत्रसमेत समेट्ने समग्र संरचनात्मक योजना आवश्यक रहेको बताए।
त्यस्तै, सांसद ठाकुर गैरेले कालीगण्डकी नदीबाट हुने जग कटान रोक्न तत्काल हस्तक्षेप आवश्यक भएको औंल्याए। सांसद नारायण आचार्यले संघ, प्रदेश र स्थानीय तहको समन्वय बिना दीगो संरक्षण सम्भव नहुने तर्क राखे।

अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले रानीमहल संरक्षणका लागि आवश्यक स्रोतको अभाव नहुने प्रतिबद्धता जनाए।
पुरातत्व विभाग प्रमुख सौभाग्य प्रधानाङ्गले रानीमहलको ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाएर संरक्षण सम्भव भएको बताए।

कालीगण्डकी कोरिडोर प्रोजेक्टकी म्यानेजर कल्पना अधिकारीका अनुसार रेट्रोफिटिङ, नदी कटान नियन्त्रण, पहिरो व्यवस्थापन, पुल निर्माण र पार्किङको व्यवस्थापन जस्ता पूर्वाधारगत कामहरू पनि योजना अन्तर्गत अघि बढाइनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ