+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानीय तहको उपनिर्वाचन

उपनिर्वाचन सम्पन्न, चुनावी मत परिणाम आउन थाल्यो

जनवाच
४ महिना अगाडी

 

काठमाडौं। स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। रिक्त ४१ पदका लागि आइतबार भएको देशैभरीको उपनिर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।
कूल ४१ पदका लागि ३७६ जना उमेदवार चुनावी मैदानमा रहेका छन् ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो ।

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै रुकुम पूर्वी भाग जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । बाँकी ४१ पदका लागि विहान ७ बजेदेखि साँझ ५ बजेस मतदान भएकोमा केही पालिकाको मत गणना शुरु भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ