+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झाँक्री प्रकाश भुजेललाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

जनवाच
५ महिना अगाडी

काठमाडौं । सवारीको ठक्करबाट एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको दुर्घटनामा पक्राउ परेका झाँक्री प्रकाश भुजेललाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
सवारी ज्यानको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता नवराज अधिकारीले बताए ।

भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।

सो क्रममा मोटरसाइकल चालक नगरकोटीको मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटी घाइते भएकी थिइन् । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ