+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईसीसी महिला यू–१९ विश्वकप छनोट टोलीलाई विमानस्थलमा भव्य स्वागत

जनवाच
५ महिना अगाडी

काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा भव्य स्वागत गरिएको छ । बिहीवार साझ स्वदेश फर्किएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषददेखि नेपाल क्रिकेट संघसम्मका पदाधिकारीले स्वागत गरेका हुन् ।

युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोलीलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो ।
अब यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ