+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय बीमा कम्पनीले कमायो तीन महिनामा १५ करोड ६५ लाख नाफा

जनवाच
५ महिना अगाडी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा १५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा १३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको संस्थानले यो वर्ष १३.७४ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन बढेर १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत आवमा यस्तो बीमाशुल्क ८ करोड ३८ लाख रुपैयाँ थियो ।

त्यसैगरी गत आवमा कम्पनीको कुल आम्दानी ३१ करोड ३६ लाख रुपैयाँ रहेकामा असोज मसान्तसम्म बढेर ४१ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी कम्पनीको प्रतिशेयर आम्दानी ५८.७२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १ हजार २२३.५२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ