काठमाडौं । युनिलिभर नेपालको नाफा सामान्य घटेको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म कम्पनीले ५२ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनाा ४.६३ प्रतिशतले कम हो ।
आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब २५ करोड ४५ लाख रुपैयाँ छ, जुन गत आवमा २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ थियो ।
चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको अन्य आम्दानी २ करोड ६७ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी २ अर्ब २८ करोड १२ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ७९ लाख रुपैयाँ र कुल आम्दानी २ अर्ब ३५ करोड ३० लाख रुपैयाँ थियो ।
९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड १३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५७२ रुपैयाँ , प्रतिशेयर नेटवर्थ ५ हजार ३३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५० गुणा छ ।