काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले तीन महिनामा नै ३० करोड बढी नाफा आर्जन गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म कोषले ३० करोड ९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा कोषले २६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यसो त आम्दानी बढेसँगै कोषको खुद नाफा पनि बढेको हो । असोज मसान्तसम्म कम्पनीको ब्याज आम्दानी ३.७९ प्रतिशत घटेर ११ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । गत आवमा कम्पनीले १२ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
पहिलो त्रैमासमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेर ३९ करोड १६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी १२.६० प्रतिशतले बढेर ५१ करोड ७० लाख पुगेको छ भने कम्पनीको खर्च ९.१९ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर १९.८७ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १५७.४२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ।