+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महालेखा प्रतिवेदन

सरकारी खर्चको बेरुजु झण्डै १५ अर्ब, महालेखा नियन्त्रक कार्यालयले कहाँ कमजोरी औंल्यायो ?

जनवाच
५ महिना अगाडी

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को सरकारी बेरुजु झण्डै १५ अर्ब रुपैयाँ देखिएको छ । मंगलबार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको आन्तरिक लेखा परीक्षण भएकोमा १४ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ बेरुजु औल्याइएको हो ।

त्यसैगरी राजस्वतर्फ ४ करोड २८ लाख, कार्य सञ्चालन कोषतर्फ ३५ करोड ८४ लाख रुपैयाँ र म्याद नाघेको पेश्की १० अर्ब ४५ करोड रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ