धादिङ असार १५ —धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ काफलटारमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा एक महिला घाइते भएकी छिन्।घटनामा २६ वर्षीया अस्मिता तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ। उनी आफ्नै घरमा साँझ ७ बजे खाना बनाउदै गर्दा ग्यास सिलिन्डर पड्किदा घाइते परेकी हुन्। सिलिन्डर विस्फोटको कारण उनको शरीरको बाहिरी भाग डढेको र प्राथमिक उपचारका लागि महादेवस्थान प्राथमिक स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो। तर, अवस्था गम्भीर देखिएपछि उनीलाई थप उपचारका लागि काठमाडौँको कीर्तिपुर स्थित बर्न अस्पताल सिफारिस गरिएको छ। तामाङको घरको ढुंगा, माटोको कच्ची छानोमा समेत क्षति पुगेको जनाइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।